नाम बिष्णु प्रसाद सुवेदी हो, रहरले 'निशान'लाई निकनेममा थपेको छु । पोखरेली हुँ, अहिले जापानको टोकियोमा छु । किबोर्ड र माउससंग खेल्नु दैनिकी हो, आफैले आँफैलाई ग्राफिक डिजाइनर भनि टोपल्छुहाल जुम क्रियटिभ्सको 'क्रियटिभ डाइरेक्टर'का रुपमा आँफुलाई स्थापित गर्न संघर्षरत छु ।  


धेरै कुरा सिक्दै छु, प्रविधिमा सानैदेखिको रुची हो, बेलाबेला क्यामेरा चेपेर फोटो–भिडियो खिच्न पनि निस्कन्छु, फाट्टफुट्ट वेवसाइट बनाउने काम पनि गर्छु । प्रविधिका अपडेटहरु पढ्न मन पर्छ, जानेका कुरा अरुलाई सिकाउन कुनै धक मान्दिन ।


एउटी दुई क्युट छोरीहरुको बाउ र प्यारी श्रीमतिको श्रीमान हुँ ।

नढाँटी भन्दा आफ्नै वेवसाइट बनाउने फुर्सद नभएकाले यत्तिकै छ, अरुकै काममा व्यस्त छु । मलाई फेसबुकमा यहाँ क्लिक गर्नुभयो भने भेट्नुहुन्छ । ट्वीटरमा चै यता क्लिक गर्नुहोला ।